SKIP THIS

S.P.A  Collage

ताप्ली गाउँपालिका कार्यालयमा बम विस्फोट, विप्लब नेकपा माथी आशंका

बम विस्फोट
फाइल तस्विर

उदयपुरः उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा शनिबार राति १ बजे अज्ञात समूहले शक्तिशाली बम विस्फोट गराएको छ।

अज्ञात समुहले गाउँपालिकाको नागरिक सहायता कक्षमा बम विस्फोट गराएको छ भने अर्को बम कार्यालयको गेट अगाडी रहेको प्रहरीले जनाएको छ। विस्फोट भएको बमले गाउँपालिका कार्यालयमा ठुलो क्षति भएको पालिका अध्यक्ष उद्धव सिंह थापाले जानकारी दिए। बम विस्फोटले ती कार्यकक्षको ढोका, झ्याल, कम्प्युटर, प्रिन्टर, टेबल, दराज, सोफा लगायतका सामानमा क्षति भएको थापाले बताए।

यस्तै गाउँपालिकाको गेटमा एउटा बम विस्फोट हुन बाँकी रहेकोले डिस्पोजल गर्न १८ नं. बाहिनी अड्डा भुल्केलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जनाकारी दिए।

बम विस्फोटको कसैले जिम्मा नलिएको भएपनी विप्लब नेकपाले विस्फोट गराएको हुनसक्ने आसंका गरीएको छ, भने घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार