सुदूरपश्चिमका सामाजिक विकास मन्त्री सुवेदी कोरोना संक्रमण मुक्त

अन्ततः सामाजिक विकास मन्त्री सुवेदीलाई पनि देखीयो कोरोना

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी कोरोना भाइरसको संक्रमण मुक्त भएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत कोरोना मुक्त भएको जानकारी दिएका हुन् ।

मन्त्री सुवेदीलाई गत मंसिर १ गते कोरोना पुष्टि भएको थियो । आइतबार स्वाब दिएकोमा सोमबार उनीमा संक्रमण पुष्टि भएको उनको सचिवालयले जानकारी दिएको थियो ।

उनले दिप प्रज्वलन गर्ने र स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् । कोरोना भाइरसको संक्रमणबाट जोगिन सावधानी अप्नाउन समेत उनले भनेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार