‘प्रतिबन्ध लगाएर …अवसर प्रदान गरेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद’: विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव

काठमाडौं: निर्वाचन आयोगमा दर्ता नभएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले दर्ता भएको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । उनले आफ्नो पार्टीलाई प्रतिबन्ध लगाएको भन्दै प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीलाई धन्यवाद दिएका हुन् ।

‘प्रतिबन्धले जनतासँग सहकार्य गर्न र नजिक बसेर सेवा गर्ने अवसर प्रदान गरेको हो,’ सोमबार एकता दिवस पारेर पार्टीको मुखपत्र अनलाइन पत्रिका इरातोखबरलाई दुई घन्टाभन्दा लामो अन्तवार्ता दिदै विप्लवले भने, ‘यसका लागि केपी ओलीजी र यो सरकारलाई धन्यवाद ।’ उनले प्रतिबन्धले अवसर प्रदान गरेको र जनतासामु नजिक पुर्याएको बताए ।

‘प्रतिबन्धलाई अवसर र चुनौती अथवा खुशीको कुरा पनि बनेको छ,’ विप्लवले भने । उनले आफूहरुले जनताको पक्षमा काम गरेको र भ्रष्टाचारको विरोध गरेकाले प्रतिबन्ध लगाउने कार्य भएको बताए । उनले आफूहरु देश र जनताको पक्षमा उभिएको दाबी गरे ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको भन्दै विप्लवले नयाँ संविधान निर्माण र नयाँ राज्य प्रणाली स्थापित गर्न लागिपरेको बताए । उनले सरकारले कोरोना भाइरसको त्रासदीमा जनता पीडित हुँदा धन कुम्ल्याउनेहरुको हितमा काम गरिरेको आरोप लगाए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार