मोटरसाइकल दुर्घटनामा परि प्रहरी हवल्दारको घटनास्थलमै मृत्यु

कञ्चनपुरमा मोटरसाईकल दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु

पूर्व-पश्चिम राजमार्ग अन्तरगत पर्ने कञ्चनपुरको बेदकोट नगरपालिका–५ छम्फापुर नजिक आइतबार मोटरसाइकल दुर्घटनामा परि प्रहरी हवल्दार रामबहादुर विष्टको मृत्यु भएको छ ।

झलारीबाट महेन्द्रनगर आउदै गरेका विष्ट सवार लु १२ प ५१५ नम्बरको मोटरसाईकल र से १ च १४०६ नम्बरको ट्रक एक आपसमा ठोक्किदा प्रहरी हवल्दारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवत्ता एवम प्रहरी नायव उपरिक्षक अमरबहादुर थापाले बताए ।

उनकाअनुसार विष्ट दोधारा–चादँनी झुलुङगे पुल स्थित प्रहरी चौकीमा कार्यरत थिए । ठक्कर दिने ट्रक र चालक यज्ञराज भट्टलाई प्रहरीकोे नियनत्रणमा रहेको डिएसपी थापाले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार