जब ६ लेन सडकमा गुडिरहेको यात्रु बाहक बस घरभित्र पस्यो…!

धनगढीको ६ लेन सडकमा गुडिरहेको बस घरभित्र पसेपछि
प्रतिकारात्मक तस्बिर / फाइल

धनगढी: धनगढीको ६ लेन सडक अन्तरगत शनिबार राति एक यात्रु बाहक बस घरभित्र पसेको छ । अनियन्त्रित भएको बस धनगढी मिलन चौकस्थित एक घरको भित्ता फोडेर भित्र पसेको हो ।

राति १२ बजेको समयमा ना ५ ख ४१७ नम्बरको बस अनियन्त्रित भइ घरको भित्ता फोडेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

बस र घरमा क्षति भएपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । गाडी चालक मानबहादुर डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार