सुदूरका ५४ स्थानीय तहमा एकैपटक ५५ अस्पताल भवनको शिलान्यास

सुदूरपश्चिममा एकैपटक ५५ अस्पताल भवनको शिलान्यास

डोटी: डोटीको दिपायल सिलगढी नगरपालिका-५ ग्वालसैनमा प्रदेशस्तरीय सरुवा रोग सम्बन्धी अस्पताल निर्माण कार्य प्रारम्भ भएको छ । ५० शैय्या क्षमताको उक्त अस्पतालको सोमबार सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शिलान्यास गरेका हुन । योसँगै सुदूरपश्चिम प्रदेशमा सोमबार ५५ अस्पतालहरु शिलान्यास भएका छन् ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक गुणराज अवस्थीले प्रदेशका ५४ स्थानीय तहमा १५ शैय्याका २३ र १० शैय्याका ३१ गरि ५४ अस्पालत सोमबारै शिलान्यास भएको बताए । उनले १० शैय्याको अस्पतालमा १७ जना र १५ शैय्याको अस्पतालमा २७ जना स्वास्थ्यकर्मीहरुको दरबन्दी रहेको समेत जानकारी दिए ।

निर्देशक अवस्थीले प्रदेश प्रदेशमा सरुवा रोग अस्पताल बनाउने नेपाल सरकारको निर्णय बमोजिम उक्त अस्पताल डोटीमा बन्न लागेको बताए । करिब ३१ करोड ७५ लाख रुपैयाँ लागतमा निर्माण हुने सरुवा रोग अस्पताल दुई वर्षमा निर्माण भइसक्ने गरी काम अगाडि बढ्ने उनले बताए ।

अस्पतालमा एक सय जना स्वास्थ्यकर्मीहरुको दरबन्दी हुने रहने अवस्थीले जानकारी दिए । हाललाई ५० शैय्याको भए पनि निकट भविष्यमै दुई सय शैय्याको अस्पताल निर्माण हुने निर्देशक अवस्थीले दाबी गरे ।अस्पतालको शिलान्यास गर्दै प्रदेश मुख्यमन्त्री भट्टले नेपालको स्वास्थ्य क्षेत्रका लागि आजको दिन ऐतिहासिक भएको दाबी गरे । उनले देशभरीमा एकैदिन ३९६ अस्पतालको शिलान्यास भएको भन्दै स्वास्थ्य क्षेत्रको यो ऐतिहासिक क्रान्ति भएको बताए ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले अस्पतालको शिलान्यास मात्र हुने हो कि भनेर आत्तिनु नपर्ने बताए । उनले अस्पताल निर्माणका दिपायल सिलगढी नगरपालिकालगायत सबै डोटीबासीको महत्वपूर्ण भूमिका हुने बताए ।अस्पताल स्थापनाको लागि छिट्टै टेन्डर प्रक्रिया हुने र कुनै अवरोधविना अस्पताल बनाउनमा यहाँका नागरीकले सहयोग गर्नु पर्ने मुख्यमन्त्री भट्टले आग्रह गरे ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार