मेरो नाममा प्रयोग भएको ट्विटर ‘फेक’ हो, भ्रममा नपर्नुहोला : राई

प्रेम कुमार राई

काठमाडौं: पूर्व गृह सचिव तथा नव नियुक्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आफ्नो कुनै पनि आधिकारिक सामाजिक सञ्जाल नरहेको बताएका छन् । राईको तस्बिर र नाम प्रयोग गरेर ट्विटरमा अनेकन विचार र भनाई पोष्ट भएपछि राईले त्यसलाई ‘फेक आइडी’ भनेका छन् ।

सञ्चार माध्यमसँग कुरा गर्दै राईले आफ्नो ट्विटर एकाउन्ट नभएको बताए । उनले भने, ‘सामाजिक सञ्जालमा मेरो कुनै पनि आधिकारिक आइडी छैन । आजसम्म मैले ट्विटर प्रयोग गरेको पनि छैन । मेरो तस्बिर र नाम राखेर प्रयोग भएर पोष्ट भएका विचार वा सूचना मेरो होइन । त्यसमा कोही पनि भ्रममा नपर्न हार्दिक आग्रह गर्दछु ।’

राईले आफ्नो नाम र तस्बिर प्रयोग गरेर भ्रमपूर्ण विचार पोष्ट गर्नेलाई तत्काल रोक्न पनि आग्रह गरेका छन् । उनले भने, ‘म अनुरोध गर्दछु, मेरो तस्बिर र नाम प्रयोग गरेर बनाइएको ट्विटर तुरुन्तै बन्द गरीदिनुहोस् । नभए म कानुनी उपचार खोज्छु ।’

राईको नाममा बनेको ट्विटरबाट ललितानिवास र लडाकुशिबिरको फाइल खोल्ने उल्लेख सहित आफूलाई अख्तियार प्रमुखमा नियुक्त गरेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार