कञ्चनपुरका भण्डारी दम्पतीकी टुहुरी बालिकाको पनि ज्यान गयो

मृत्यु/ज्यान गयो
सांकेति तस्विर
कञ्चनपुरः कञ्चनपुरका स्वर्गीय भण्डारी दम्पतीकी टुहुरी बालिकाको पनि ज्यान गएको छ ।
जिल्लाको शुक्लाफाँटा नगरपालिका –११ कलुवापुरका भण्डारी दम्पती गत फागुन १५ गते घर भित्र मृत भेटिएका जयलाल भण्डारी र उनकी श्रीमती धानाकी छोरीको आइतबार राती मृत्यु भएको हो। उनको ब्लड इन्फेक्सन भएर आइतबार राती मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।
५२ वर्षीय जयलाल भण्डारी र उनकी श्रीमती २२ वर्षीया धना देवी भण्डारीको धारिलो हतियारको प्रयोग गरी हत्या भएको अवस्थामा घरभित्रै शव फेला परेको थियो। आमाबाबुको हत्या भएपछि उनी ७ महिनाकी टुहुरी भएकी थिइन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार