SKIP THIS

धनगढी उप-महानगरपालिका

कैलालीको अत्तरिया बाट बेपत्ता २ बालक कञ्चनपुरमा फेला, दुईको खोजी कार्य जारी

कैलालीको अत्तरिया बाट बेपत्ता २ बालक फेला, दुईको खोजी कार्य जारी
धनगढीः कैलालीको अत्तरियाबाट बेपत्ता भएका ४ बालक मध्ये २ बालक फेला परेका छन् । ती मध्ये २ को अवस्था भने अझै अज्ञात नै रहेको छ । आइतबार चारै जना घरबाट स्कुलका लागी हिँडेका थिए ।
उनीहरूमध्ये गोदावरी नगरपालिकाका दीपक साउद र प्रकाश साउद कञ्चनपुरमा फेला परेको प्रहरीले जनाएको छ । उनीहरूलाई मङ्गलवार महेन्द्रनगर बसपार्कमा फेला पारी परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
त्यस्तै उनीहरूसँगै बेपत्ता भएका सोही ठाउँका पुष्कर भट्ट र दीपक बोहरा भने अझै अज्ञात नै रहेको हुँदा  खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार