देशभर चिसो ‘घट्यो’, यस्तो रहने छ आज दिनभरको मौसम ?

MausamSodhpatra
Image for Representation

देशभरी नै चिसो घटेको छ । पश्चिमी वायुको प्रभावले देशभरी कै मौसम आशिंकदेखि सामान्य बदली हुँदा केही दिनयता देशभरी नै न्यूनतम तापक्रम केही बढेको मौसमविदको भनाइ छ ।

न्यूनतम तापक्रम बढ्दा चिसो घट्छ भने न्यूनतम तापक्रम घट्दा चिसो बढ्छ । अघिल्लो बिहीबार यो वर्षकै कम माइनस ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जुम्लाको न्यूनतम तापक्रम हिजो (बुधबार) माइनस ३ दशमलव ४ डिग्री पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी शुक्रबार यो वर्षकै कम १ दशमलव ६ डिग्रीमा झरेको काठमाडौंको तापक्रम बिहीबार बिहानक ४ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।

बिहीबार प्रदेश १ र बागमती प्रदेशको पहाडी भेगको मौसम आशिंक बदली हुने महाशाखाका मौसमविद् निराजन सापकोटाले जानकारी दिए ।

उनका अनुसार बिहीबार राति प्रदेश १ को पहाडी भूभागको मौसम आशिंक बदली भएपनि अरु ठाउँको मौसम सफा रहनेछ ।

राति मौसम सफा भएसँगै बिहानको न्यूनतम तापक्रम अझै घट्नेछ । चिसो बढ्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन पनि मौसमविद्ले सुझाव दिएका छन् ।

पूर्वी र मध्य क्षेत्रको उच्च हिमाली भेगमा हिमपात हुने पूर्वानुमान मौसमविदले गरेका छन् ।

पश्चिमी वायुको प्रभावले प्रदेश १ र बागमती प्रदेशको पहाडी भेगको मौसम आशिंक बदली भए पनि अरु ठाउँको मौसम भने सफा रहनेछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार