धनगढीमा नेता माओत्से तुङको १२८औँ जयन्ती, नयाँ जनवादी क्रान्तिको आवश्यकतामा जोड

नेता माओत्से तुङको १२८औँ जयन्ती

धनगढी: कैलालीमा क्रियाशील ११ राजनीतिक दलहरूले संयुक्त रूपमा नेता माओत्से तुङको १२८औँ जयन्तीका अवसरमा धनगढीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छन् ।

विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका सुदूरपश्चिम प्रदेश इन्चार्ज मनोज भट्टले विश्व कम्युनिस्ट आन्दोलनमा माओको योगदान बारे प्रस्ट पार्नु भयो ।

त्यस्तै, नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य रामबहादुर महरा चिन्तनको अध्यक्षतामा सञ्चालन भएको अन्तरक्रिया कार्यक्रममा नेकपा मालेका स्थायी कमिटी सदस्य दिननाथ घिमिरे, समाजवादी राष्ट्रिय मञ्च नेपालका अध्यक्ष देवी दत्त पाण्डेय, नेकपाका नेता दिनेशचन्द्र सुवेदी, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरिश सुवेदी, देशभक्त गणतान्त्रिक मोर्चाका नेता विष्णुराम नेपाली, माओवादी केन्द्रका केन्द्रीय सदस्य ध्रुव सञ्ज्याल, पत्रकार मनमोहन स्वार र वीरेन्द्र रावल, तिलक सिंह, कल्याण ओझा, लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा वक्ताहरूले माओको योगदानको चर्चा गर्दै नयाँ जनवादी क्रान्तिको आवश्यकतामा जोड दिनुभयो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार