अभियानः ‘न्यानो माया सँगै न्यानो कपडा’

धनगढीः ‘न्यानो माया सँगै न्यानो कपडा’ अभियान अन्तरगत  रोयल कोल्याबोरेटिभ्स धनगढीले विगत २ वर्ष देखि धनगढीमा आपतकालीन लुगा घर सञ्चालनमा ल्याएको छ ।
आर्थिक अवस्था विपन्न भएका असहाय अनि पिछडिएका परिवारहरू लाई  सदैव नानाको व्यवस्थापन गर्दै उक्त परिवारहरूको जीवनशैलीलाई सहज बनाउने उद्देशका साथ सञ्चालनमा ल्याइएको उक्त लुगा घरबाट धनगढी अत्तरियाका कयौँ शिविर बस्तीमा दिनचर्या बिताइरहेका परिवारहरूलाई गर्मियाम र चिसोको मौसममा प्रयोगमा ल्याउन योग्य लुगाकपडाहरु को बन्दोबस्त गर्दै आइरहेको छ ।
यसरी घरमै पुगेर बाडी एको थियो लुगा
मानवीय मनकारी व्यक्तित्वहरूले लुगा घरलाई प्रदान गरेका पुनः प्रयोगमा ल्याउन योग्य लत्ताकपडालाई रोयल कोल्याबोरेटिभ्स आपतकालीन लुगा घरको पहलमा असहज परिस्थितिको सामना गरिरहेका परिवारहरूलाई उपलब्ध गराउदौ आएको उक्त लुगा घरका सञ्चालक गजेन्द्र शाहीले बताए ।
केही जोर लुगाले दिएको खुसी
उक्त अभियान अन्तरगत रोयल कोल्याबोरेटिभ्सले यही पौष १२ गते धनगढी उप-महानगरपालिका वडा नं. ०१ स्थित कटान शिविरका ७ घर परिवारलाई र पौष १३ गते धनगढी उप-महानगरपालिका वडा नं. १३ स्थित कैलाली गाउँ को वर्षौले खोलाका किनारमा बस्दै आएका परिवार विहीन पुरुषलाई स-प्रेम न्यानो लुगा कपडा प्रदान गरेको सञ्चालक शाहीले बताए ।
अभियानमा सहयात्री बन्दै प्रत्यक्ष वा अप्रत्यक्ष ढङ्गले सहकार्य गरिदिनुहुन सम्पूर्ण परोपकारी मनहरूलाई अध्यक्ष शाहीले अनुरोध गरेका छन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार