नेकपाको बैंक खाता रोक्न राष्ट्र बैंकको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सबै बैंक खाता रोक्का हुने भएको छ । पार्टी फूटेसँगै नेकपाको सम्पति रोक्का गर्न माग गर्दै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सबै बैंकहरुलाई पत्राचार गरेका थिए ।

राष्ट्र बैंकले निर्वाचन आयोग वा अदालतको आधिकारिक निर्णय नआएसम्मका लागि नेकपाको नाममा रहेको सबै बैंक खाता रोक्का गर्न निर्देशन दिएको छ ।

स्रोतकाअनुसार आज कार्यालय समयभन्दा पछि जानकारी आएकाले राष्ट्र बैंकले भोली सबै बैंकहरुलाई औपचारिक रुपमा निर्देशन दिनेछ ।

हाल नेकपा केपी ओली समूह र प्रचण्ड–नेपाल समूहमा विभाजित भएको छ । दुवै पक्षका नेताहरुले नेकपा आफ्नो पार्टीको भएको दाबी गर्दै आइरहेका छन् । तर, निर्वाचन आयोगले बहुमतको पक्षमा अन्तिम फैसला गर्न भने बाँकी छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार