अराजकताको हदः बैतडीमा मेलामा महिला जिस्कायाएको झगडा मिलाउने क्रममा प्रहरी चौकीमै झडप

झगडा मिलाउने क्रममा प्रहरी चौकीमै झडप

बैतडीः बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिका ५ स्थित बलारामा रहेको प्रहरी चौकीमा झडप भएको छ ।

बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार स्थानीय युवाहरुको दुई समूहबिच प्रहरी चौकीमा झडप हुँदा पञ्चेश्वरका ३० बर्षीय लोकेन्द्र चन्द घाइते भएका छन् ।

घाइतेको बैतडीमा उपचार हुन नसक्दा धनगढीमा रहेका माया मेट्रो अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ। घाइते चन्दको टाउको घाँटी, ढाडमा चोट रहेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।

अघिल्लो दिन गणमेश्वर मन्दिरमा लागेको मेलामा महिला जिस्कायाएको निहुँमा दुई समूहबिच झडप भएपछि छलफलमा लागि प्रहरी चौकीमा बोलाएका बेला छलफलका क्रममा सहमती हुन नसकेपछि पुनः झडप भएको बताईएको छ ।

चौकीमा झडप गर्नेमध्ये सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय बैतडीले ६ जनालाई नियन्त्रणमा लिईएको छ । घटनाको बिषयमा अनुसन्धान भइरहेको र दोषीमाथि कानुन अनुसार कारवाही हुने प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार