SKIP THIS

धनगढी उप-महानगरपालिका

अरिङगालको टोकाइबाट घाइते अछामका एक पुरुषको उपचारका क्रममा ज्यान गयो

अरिङगालको टोकाइबाट मृत्यु

धनगढीः अरिङगालको टोकाइबाट घाइते भएका अछामका एक पुरुषको मृत्यु भएको छ। अछामको बान्नीगढी–जयगढ गाउँपालिका वडा नम्बर ५ का ४८ वर्षीय गोकर्ण रावलको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको हो।

उनलाई गत मंसिर २ गते अरिङगालले टोकेको थियो। अछाममा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि धनगढी ल्याइएको थियो।

सेती प्रादेशिक अस्पतालले पनि रेफर गरेपछि उनलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाण्डौ लगिएको थियो।

उपचारकै क्रममा बुधबार बिहान काठमाडौंको ग्राण्डी अस्पतालमा रावलको मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार