SKIP THIS

धनगढी उप-महानगरपालिका

सचिवालय बैठकमा ओलीको बोली: ‘बैठक नगरौँ, महाधिवेशन गरौँ, म छाड्छु’

नेकपा विवाद

शनिबार दिउँसो बालुवाटारमा भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूले अहिले कुनै पनि पदबाट राजीनामा नदिने बताएका छन् ।

उनले अहिले बैठकको आवश्यकता नभएको पनि दोहोर्याएका छन् । यसअघि पनि प्रधानमन्त्री ओलीले बैठकको आवश्यकता नभएको भन्दै तीन दिनअघिको सचिवालय बैठक बहिस्कार गरेका थिए ।  शनिबारको बैठकमा स्थायी कमिटी बैठकबारे छलफल हुँदा ओलीले यस्तो अडान लिएका हुन् ।

‘अहिले बैठकको कुनै आवश्यकता नै छैन, जतिसक्दो छिटो महाधिवेशन गरौँ,’ ओलीको भनाइलाई बैठकमा सहभागी एक नेताले फरकधारसँग उद्धृत गरे, ‘म महाधिवेशन गरेपछि त्याग्न तयार छु, अहिले कुनै पदबाट पनि राजीनामा दिन्नँ ।’ ओलीले बैठकको आवश्यकता नभएको बताएपछि नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले त्यसको विरोध गरेका थिए ।

‘बरु दुई दिन थप पछाडि धकेल्दा हुन्छ, तर बैठक नै नगर्ने भन्न पाइँदैन,’ माधव नेपालको भनाइलाई स्रोतले उद्धृत गर्यो, ‘तर, बैठक राख्नैपर्छ ।’ अन्ततः नेकपा सचिवालय बैठकले आइतबारबाट सुरु हुने भनिएको नेकपा स्थायी कमिटी बैठक आइतबारबाट नै सुरु गर्ने भएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार