बैतडीमा जन्मियो अनौठो बच्चा, आर्थिक अभावका कारण उपचारमा समस्या

बैतडीमा जन्मियो अनौठो बच्चा
नाक र मलद्धार नभएको अनौठो बच्चा

बैतडीः बैतडीमा अनौठो बच्चा जन्मिएको छ ।

जिल्लाको सुर्नाया गाउँपालिका –५ मडकी २१ वर्षीया गिता विकले पहिलो सन्तानको रुपमा मलद्धार र ओठ नभएको अनौठो बच्चाको जन्म दिएकी हुन। ९ महिनामा जन्मेको उक्त शिशुको माथिल्लो ओठ फाटेको र मलद्धार नभएको रौलेश्वर स्वास्थ्य चौकीका अहेव कमल सिंह विष्टले बताए।

आर्थिक अभावका कारण शिशुको उपचारमा समस्या भएको बताइएको छ। सोमबार साँझ ४ बजेतिर जन्मिएको शिशुलाई आर्थिक अभावका कारण घरमै राखिएको छ। परिवारले सहयोगका लागि अपिल गरेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार