सृजनशील नेपाली समाज युकेको अध्यक्षमा पुनः दर्जी

सृजनशील नेपाली समाज युकेको अध्यक्षमा पुनः भक्त दर्जी

धनगढी: सृजनशील नेपाली समाज युकेको अध्यक्षमा पुनः भक्त दर्जी चयन भएका छन् ।

हालै सम्पन्न सृजनशील नेपाली समाज युकेको साधारणसभाबाट अध्यक्ष दर्जी दुई वर्षको कार्यकालको थप जिम्मेवारी सहित पुनः अध्यक्षमा चयन भएका हुन् । विभिन्न क्षेत्रका दुःखी, पीडितहरुको पीडामा सहयोग गर्दै आएका अध्यक्ष दर्जीले कोरोना कहरका बेला समस्यामा रहेका कयौं नेपालीहरुलाई स्वास्थ्य सामग्री वितरणदेखि राहत वितरणसम्म गरेका थिए ।

यस अघि उनले आफ्नो र आफ्ना परिवारको जन्मोत्सवमा विभिन्न गरिब, बिपन्न, असाह्य, अपांगहरुलाई आर्थिक सहयोग गरी जन्मोत्सव मनाउदै आएका छन् । उनले केही समय अघि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको भवन निर्माणाका लागि पचास हजार र केही महिना अगाडि मात्र आफ्नो छोरा मनीष दर्जी र जुवाइ शुरेश परियारको जन्मदिनको अवसरमा चितवनका ७० बर्षीया नरबहादुर परियारको घर निर्माणको लागि ४० हजार नेपाली सहयोग गरेका थिए । भने रुकुममा भएको घटनामा ज्यान गुमाउने नवराज बिक लगायतका पीडित परिवारलाई आर्थिक सहयोग गर्नेमा उनी पहिलो भएका थिए । पीडित परिवारलाई जनही पचास हजारका दरले उनले तीन लाख सहयोग गरेका हुन् ।

सृजनशील नेपाली समाज युकेको अध्यक्षमा आफुलाई पुनः अध्यक्षमा चयन गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ सहयोग गर्नुहुने सम्पूर्ण संस्थाका संस्थापकज्यु, सल्लाहकार ज्यु, भुपु अध्यक्ष ज्युहरुमा धन्यवादका साथै हार्दिक आभारसमेत प्रकट गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार