ओली निकट विद्यार्थीको भेला कार्की बैंक्वेटमा, प्रधानमन्त्रीले सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली निकट विद्यार्थी संगठनले आज काठमाडौंमा वृहत् कार्यकर्ता भेला गर्ने भएको छ।

बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना हुने भेलामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने अनेरास्ववियु केन्द्रीय कमिटीले जनाएको छ।
भेला दिउँसो १२ बजे सुरु हुनेछ। प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटनको कदमका कारण नेकपा विभाजित भएपछि अनेरास्ववियुले ठूलो संख्यामा केन्द्रीय सदस्यहरु मनोनित गरेको छ।

प्रतिनिधिसभा विघटनपछि नेकपाको प्रचण्ड–नेपाल पक्ष विरोधका कार्यक्रमा केन्द्रित बनेको छ भने ओली समूहले चुनावी सभाको झल्को दिने गरी कार्यकर्ता भेला गरिरहेको छ।

काठमाडौंमा आयोजना हुने सबैजसो कार्यकर्ता भेलामा प्रधानमन्त्री ओली लगातार सहभागी हुँदै आएका छन्।  गत वर्ष मिर्गौलाको शल्यक्रिया गरेपछि लामो समयसम्म बालुवाटार बाहिर नगएका प्रधानमन्त्री ओली प्रतिनिधिसभा विघटनपछि निरन्तर पार्टीका कार्यक्रममा सहभागी भइरहेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार