कञ्चनपुरमा असुरक्षित बन्दै पत्रकारः धनगढी खबरकर्मी जोशीमाथी अभद्र व्यवहार संगै कुटपिट !

धनगढी खबरकर्मी जोशी

कञ्चनपुरः रेडियो धनगढी र धनगढी खबर डटकममा कार्यरत तथा पत्रकार महासंघ कञ्चनपुरका सदस्य हरिश जोशीमाथि कुटपिट भएको छ ।

धनगढी खबरमा कार्यरत जोशीमाथि आइतवार करीब ५ः३० बजेको समयमा कुटपिट भएको हो । शुक्लाफाटा नगरपालिका बनशाह घर भई हाल भिमदत्त नगरपालिका ३ भाँसी जनज्योती चोक नजिकै डेरामा बस्दै आएका सुवाश बम नाम गरेका व्यक्तीले कुटपिट गरेका हुन् ।

उनले पत्रकार जोशीलाई जनज्योति चोक भासीमा रहेको हाम्रो खाजाघर अगाडी समाचार संकलन गरी आउने क्रममा…एक्कासी गालीगलौच गर्दै कुटपिट गरेका हुन ।

बम यस अघि पनि थुप्रै कुटपिटका घटनामा संलग्न व्यक्ति हुन् । उनी बारम्बार कुटपिटका घटनामा पक्राउ पर्दै आएका थीए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार