कञ्चनपुरमा पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाही गर्न महासंघको माग !

HarishJoshi

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले कञ्चनपुरमा पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गरेको छ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका साधारण सदस्य तथा धनगढी खबरका संवाददाता हरिष जोशीमाथि भीमदत्त नगरपालिकास्थित जनज्योती चोकमा भएको आक्रमणको घटनाप्रति ध्यानाकर्षण भएको महासंघले जनाएको छ।

सोमबार महासंघले विज्ञप्ति जारी गर्दै घटनामा संलग्न व्यक्तिलाई कानुनी कारवाहीको माग गरेका छ।

‘सञ्चारकर्मी जोशीलाई अपशब्द प्रयोग गर्दै शुक्लाफाँटा नगपालिका वडा नम्बर १० घर भई हाल महेन्द्रनगरमा बस्दै आएका शुवास बमले आक्रमण गरेका हुन। एक सञ्चारकर्मीलाई अनाहकमा गरिएको आक्रमणप्रति हाम्रो ध्यानाकर्षण भएको छ। घाइते पत्रकार जोशीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आक्रमणमा संलग्न व्यक्तिलाई कानुनी कारवाहीको माग गर्दछौं’ महासचिव योगश रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनीएको छ।

त्यस्तै, नेपाल पत्रकार महासंघ प्रदेश कार्यसमिति र पत्रकार महासंघ कंचनपुरले  प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार हरिश जोशीलाई कुटपिट गर्ने माथी कडा कारबाहीको माग अघि सारेको  छ।

समाचार संकलन गर्न गएका पत्रकार जोशीलाई समाचार संकलन गरेर घर फर्कने बेला उनीमाथि बिनाकारण अभद्र व्यवहार गर्दै कुटपिट गरेको घटनाप्रति महासंघले घोर आपत्ति जनाएको छ ।

संचारकर्मी माथी गरिएको दुव्र्यवहार र कुटपिट निन्दनीय र आपत्तिजनक भएको महासंघको ठहर छ । पत्रकारमाथी गालीगलौच गरी बिना कारण कुटपिट गरेको घटनाको छानबिन गरेर दोषि उपर कडा कार्बाहीको महासंघ माग गरेको छ ।

पत्रकार महासंघ कञ्चनपुरका सचिव अमर बहादुर चन्दले हस्ताक्षर गरेको विज्ञप्तीमा अब उपरान्त यस्ता घटना नदोहोर्याउन समेत महासंघ सम्बन्धीत सरोकारवाला निकायसंग आग्रह गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार