कर्मचारीमा कोरोना देखिएपछि धनगढीको कैलाली बहुमुखी क्याम्पसमा पठनपाठन बन्द

कैलाली बहुमुखी क्याम्पस धनगढी
धनगढीः धनगढीको कैलाली बहुमुखी क्याम्पसमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि पठनपाठन बन्द भएको छ।
क्याम्पसका कर्मचारीमा सङ्क्रमण देखिएपछि भौतिक रूपले कक्षाहरू सञ्चालन गर्न नसकिने भन्दै यही पुस २१ गते देखि २५ सम्मका लागि पठनपाठन स्थगित गरिएको क्याम्पस प्रमुख पदम राज जोशीले बताए।
क्याम्पसले एक सूचना जारी गर्दै स्नातक तह र स्नातकोत्तर तहका आन्तरिक र बाह्य परीक्षा पूर्व निर्धारित समय र तालिकामै हुने जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार