पत्रकार जोशी माथि कुटपिट गर्ने बम पक्राउ

धनगढी खबर डटकमका संवाददाता हरिश जोशी माथि कुटपिट गर्ने सुवास बम पक्राउ
कञ्चनपुरः रेडियो धनगढी र धनगढी खबर डटकमका संवाददाता हरिश जोशी माथि कुटपिट गर्ने सुवास बम पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा का अनुसार उनलाई महेन्द्रनगर बजार क्षेत्र बाट पक्राउ गरिएको हो । घटना पछि फरार रहेका बम  मङ्गलवार  दुई दिनपछि पक्राउ परेका हुन ।
धनगढी खबरमा कार्यरत जोशीमाथि आइतबार करिब ५ः३० बजेको समयमा कुटपिट भएको थियो । शुक्लाफाटा नगरपालिका बनशाह घर भई हाल भिमदत्त नगरपालिका ३ भाँसी जनज्योति चोक नजिकै डेरामा बस्दै आएका सुवाश बमले कुटपिट गरेका थिए ।
बम यस अघि पनि थुप्रै कुटपिटका घटनामा संलग्न व्यक्ति हुन् । उनी बारम्बार कुटपिटका घटनामा पक्राउ पर्दै आएका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार