कक्षा १२ रिजल्ट माघ पहिलो साता आउने

राष्ट्रीय परिक्षा बोर्ड

भक्तपुर: कक्षा १२ को परीक्षाफल माघ पहिलो साता प्रकाशन गरिने भएको छ। यसका लागि तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

परीक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण सकिएको छ। अहिले विद्यार्थीको नतिजा ‘इन्ट्री’ भइरहेको बोर्डले जनाएको छ।

धेरै विद्यालयले विद्यार्थीको रोल नम्बर र डाटा भर्दा ध्यान नदिएकाले नतिजा इन्ट्री गर्न कठिनाइ भइरहेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए। उनका अनुसार त्यसलाई रुजु गर्न धेरै समय लाग्ने गरेको छ।

काम तिव्र रुपमा भइरहेकाले पुस अन्तिम साता वा माघ पहिलो साता नजिता आउने उनको भनाइ छ। ढिलोमा माघ पहिलो सातासम्म नतिजा आउँछ, सदस्यसचिव अर्यालले भने।

यस वर्षको कक्षा १२ को परीक्षा मंसिर ९ देखि १६ गतेसम्म चलेको थियो। परीक्षामा चार लाख ३३ हजार एक सय ८० विद्यार्थी सहभागी थिए।

कोरोना महामारी कारण लामो समय परीक्षा हुन सकेको थिएन। गत चैतमै हुनुपर्ने परीक्षा यस वर्षको मंसिरमा भएको हो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार