कैलाली खक्रौलाबाट १५ लाख बढीको अवैध सामान सहित २ जना पक्राउ

कैलाली खक्रौलाबाट १५ लाख बढीको अवैध सामान सहित २ जना पक्राउ

कैलालीमा १५ लाख बढीको अवैध सामान सहित २ जना पक्राउ

धनगढीः कैलालीमा १५ लाख बढीको अवैध सामान सहित २ जना पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल ३४ नं. गण हे.क्वा. कैलाली खक्रौलाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले १५ लाख २५ हजार ७० बरावरको लत्ताकपडा, सटिङ्ग सुटिङ्गका सामान, कस्मेटिक सामान सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा टिकापुर नगरपालिका वडा नं. २ का २३ बर्षीय रन्जु चौधरी र सोही नगरपालिका वडा नं. १ का २२ बर्षीय सागर चौधरी रहेको सशस्त्र प्रहरी बल नं. ३४ गण हे.क्वा. कैलालीले जनाएको छ ।

टिकापुर नगरपालिका वडा नं. ८ बनगाउँ ईलाकाबाट भन्सार छली सामान ल्याईरहेको अवस्थामा से १ च २१४८ नं. को वलेरो पिकअप गाडी समेत प्रहरीले बरामद गरको छ । सामान र गाडी सहित २ जनालाई आवश्यक कारवाहीको लागी सत्ती भन्सार कार्यालय खक्रौलामा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार