बाजुरामा बाटोबाट चिप्लिएर एक जनाको ज्यान गयो

बाजुरामा बाटोबाट चिप्लिएर एक जनाको ज्यान गयो

मृत अवस्थामा फेला
सांकेतिक तस्विर
Advertisement

बाजुराः बाजुरामा गोरेटो बाटोबाट हिड्दै गर्दा चिप्लिएर एक जनाको मृत्यु भएको छ।

जिल्लाको गौमुल गाउँपालिकाको केन्द्र घटमुनाबाट घर जादै गर्दा वडा नम्बर १ दुर्गालीका अन्दाजी ३० वर्षीय कन्तरो रोकायाको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी गोरेटो बाटोबाट चिप्लिएर करिब १ सय मिटर तल नदीमा खसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक बलेन्द्र नाथले बताए। मृतक रोकायाको शव परीक्षणपश्चात आफन्त्लाई बुझाइएको प्रहरीले जनाएको छ।

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलाली

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार