धनगढीमा वडा स्तरीय बाल क्लब गठन

धनगढीमा वडा स्तरीय बाल क्लव गठन कार्यक्रम सम्पन्न
धनगढीः नगर बाल सञ्जाल धनगढीको आयोजना र धनगढी उप-महानगरपालिकाको समन्वयमा धनगढी उप महानगरपालिका वडा नं १ मा वडा स्तरीय बाल क्लब गठन कार्यक्रम सम्पन्न भएको छ ।
विभिन्न क्रियाकलापमा बालबालिकालाई प्रत्यक्ष रूपमा सक्रिय गराइ बालबालिकाका समस्या पहिचान गरी त्यसको समाधानको लागि कदम चाल्ने उद्देश्यले प्रत्येक वडामा वडा स्तरीय बाल क्लब गठन गरिरहेको र विभिन्न प्राकृतिक तथा कृत्रिम सङ्कटमा बालबालिकालाई बढी जोखिम हुने हुँदा त्यस्ता जोखिम न्यूनीकरणका लागि अपनाउन सकिने क्रियाकलाप र सामूहिक काममा बालबालिकाको भूमिकालाई अग्रसर गराउन यस्ता क्लब बनाउनु आवश्यक पर्ने हुँदा यस्तो कदम चालेको बताइएको छ।
कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता सन्तोष मुडभरी, युवा शान्ति परिषद् कैलाली जिल्ला अध्यक्ष प्रेम ढुङ्गाना, नगर बाल सञ्जाल धनगढीका पदाधिकारी र वडाका बालबालिकाहरूको उपस्थिति रहेको थियो ।
उक्त वडा स्तरीय बाल क्लबको अध्यक्षमा पुष्पा न्यौपाने, उपाध्यक्षमा अर्जुन विक,सचिवमा सुशीला धामी   सहसचिवमा वीरेन्द्र प्रसाद भट्ट ,कोषाध्यक्षमा पूजा मल्ल र कार्यसमिति सदस्यमा निकटता जैगडी, गोविन्द कोली,शैलेश सेवक र प्रिज्मा ठाकुर सहितको वडा नं १ को वडा स्तरीय बाल क्लबको नौ सदस्यीय तदर्थ समिति गठन गरिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार