मुख्यमन्त्री कै स्थानीय तह बासी भट्ट को आक्रोश: ‘कामरेड त्रिलोचन अब मैदानमा भेटौला’

नेपाल बाल संगठन कैलालीको अध्यक्षको जिम्मेवारी भट्टलाई
तस्विरः भट्टको फेसबुक वाल बाट

धनगढीः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा अनेरास्ववियूका नेता कैलाली क्याम्पस सभापती चूडामणी भट्टले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई अब आउने निर्वाचनमा सँगै प्रतिस्प्रधा गर्न खुल्ला चुनौती दिएका छन ।

राष्ट्रको कार्यकारी प्रमुख आफ्नो प्रदेश मुकाम मा आउँदा पनि सामान्य शिष्टाचार सम्म नगरेको भन्दै भट्टले मुख्यमन्त्रीलाई अबको चुनावमा आफुसँगै प्रतिस्प्रधा गर्न खुल्ला चुनौती दिएका हुन । नेता भट्ट मुख्यमन्त्री कै स्थानिय तह के आइ सिं गाउपालिका डोटी निवासी हुन् ।

उनले फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीको बिषयमा अहिले सम्म धेरै बोलेको थिएन तर आज राष्ट्रको कार्यकारी प्रमुख आफ्नो प्रदेश मुकाम मा आउँदा सामान्य शिष्टाचार सम्म नगर्ने असभ्य, कुसंस्कारी मुख्यमन्त्रीलाई भन्न मन लाग्यो कम्रेड त्रिलोचन अब मैदान मा भेटौला ।

प्रदेश कमिटी सदस्य भट्टले शुक्रबार धनगढीमा भएको कार्यक्रमलाई सम्बोधन गर्न धनगढी आएका प्रधानमन्त्रीलाई प्रदेशका मुख्यमन्त्री भट्टले सामान्य शिष्टाचार सम्म नगरेको भन्दै आक्रोश पोखेका हुन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार