राप्रपा विद्यार्थी संगठन कैलालीका जिल्ला कमिटी अध्यक्ष अभिशेक नाथ नेकपा मा प्रवेश !

अभिशेक नाथ लोक

राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)    निकट विद्यार्थी संगठनका कैलालीका जिल्ला कमिटी अध्यक्ष अभिशेक नाथ (लोक) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

शुक्रबार धनगढीमा नेकपा प्रदेश कमिटीद्वारा आयोजित बृहत आमसभामा नाथ सहित १ सय ८४ जनाले नेकपा प्रवेश गरेका छन ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट टीका, माला तथा खादा लगाएर पार्टी प्रवेश गरेका थिए ।

विभिन्न पार्टीमा सक्रिय रहेका व्यक्तिहरु पार्टी परित्याग गरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नेहरुको लर्को चलेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार