प्रधानमन्त्री ओलीले चालेको कदम सही अनि सकारात्मकः बोहरा

झपट बोहरा

अछामः नेकपा ओली पक्षका केन्द्रीय सदस्य झपट बोहराले राजनीतिक क्रान्तिसंगै आर्थिक क्रान्तिलाई पनि अगाडि बढाउन सकेमात्रै मुलुकले फड्को मार्ने बताएका छन् ।

सोमबार अछाम सदरमुकाम मंगलसेनमा भएको पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेता बोहोराले देशलाई सही गतिमा अगाडि बढाउन प्रधानमन्त्री ओलीले सकारात्मक कदम चालेको बताए ।

प्रधानमन्त्रीले गरको राम्रो काम देख्न नसकी पार्टी भित्रकै नेतृत्व सरकारलाई असफल बनाउन तर्फ उद्दत रहेकाले पार्टी विभाजनको स्थितिमा पुगेको उनको भनाइ थियो ।

पार्टी विभाजन हुनुमा माधव र प्रचण्ड बढि दोषी रहेकाले उनीहरू कुनैपनि हालतमा सफल नहुने बताए। सुदूरपश्चिम प्रदेशको अर्थमन्त्रीको समेत जिमेवारी सम्हालिसकेका नेता बोहराले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी गरे ।

पार्टीका अर्का केन्द्रीय सदस्य कृष्णप्रसाद जैसीले आधिकारिक पार्टी ओली नेतृत्वको भएकाले कार्यकर्तालाई अन्यौलमा नपर्न अनुरोध गरे ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार