बझाङमा मन्त्री ठगुन्नालाई कालो झण्डा देखाउँदै स्वागत !

बझाङमा मन्त्री ठगुन्नालाई कालो झण्डा देखाउँदै स्वागत
बझाङ: बझाङ जिल्लामा नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिङ ठगुन्नालाई कालो झण्डा देखाउँदै स्वागत गरिएको छ।
बझाङमा आज भएको आमसभालाई सम्बोधन गर्न बझाङ पुगेका मन्त्री ठगुन्नालाई प्रचण्ड माधव समूहको अनेरास्ववियु र युवा सङ्घ बझाङको आयोजनामा जिल्लाको सिम खेत नजिकै पक्की पुलमा टायर बाल्दै कालो झण्डा देखाएको छ। केही समयका लागि बनेका म्यादी मन्त्री भन्दै नारा जुलुस र कालो झण्डा देखाएको अनेरास्ववियुले जनाएको छ।
मङ्गलवार आयोजना गरिएको आमसभामा अनेरास्ववियु केन्द्रीय संयोजक ऐन महर, निवर्तमान सांसद भैरब बहादुर सिंह, अफिलाल ओखेडा , आनन्दलाल बिक, जनक जोशी तथा नवनियुक्त सघिय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिङ ठगुन्ना उपस्थित भएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार