धनगढीको एसटिएस सिनेमा घरमा चलचित्र ‘मास्टर’ लाग्दै

Sts cinema

धनगढी: लामो समय देखि कोरोना भाइरसका कारण बन्द रहेका धनगढीको एसटिएस सिनेमा घरमा साउथस्टार विजयको चलचित्र ‘मास्टर’ धनगढीको एसटिएस सिनेमामा माघ १ गते लाग्दै छ ।

एसटिएस सिनेमा घर धनगढीका ब्यावस्थापक योगेन्द्र नायकका अनुसार आगामी दिनमा चलचित्र जगतलाई कोरोनाले रोक्दैन मानिसहरुको मन भ‍ए हल सम्म आउन कसैले रोक्दैन जस्तो लाग्छ ।

बुधबार देखि रिलिज हुन लागेको साउथका सुपरस्टार विजय र विजय सेतुपती अभिनित चलचित्र ‘मास्टर’ले भने दर्शकलाई हलसम्म फर्काउने पक्का पक्का देखिएको छ , कतै टिकट नपाएकको आक्रोस देखिन्छ भने कतै लामो लाईनमा वसी टिकट कटाईमा लागेको देखिन्छ ।

भारतीय चलचित्र पण्डितहरुले ‘मास्टर’ले बम्पर व्यापार गर्ने विश्लेषण गरेका छन् । यो चलचित्र भारतका विभिन्न ४ भाषामा रिलिज हुँदैछ । लोकेश कंगाराजले यो चलचित्रको निर्देशन गरेका हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार