पछिल्लो २४ घन्टामा ४१४ संक्रमित निकाे हुँदा ४४५ थपिए, पाँचको निधन

कोरोना अपडेट नेपाल

पछिल्लो २४ घन्टामा थप चार सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ६६ हजार एक सय ४३ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घन्टामा चार सय १४ जना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ५९ हजार सात सय २२ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने चार हजार चार सय ३४ छ ।

मन्त्रालयका अनुसार  कोरोना संक्रमणबाट २४ घन्टामा थप पाँचजनाको निधन भएको छ । हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १९ सय ३७ पुगेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार