धनगढीमा बिहीबार बिहान मृत अवस्थामा भेटिएका पुरुष प्रहरी

धनगढीमा मृत भेटिएका पुरुष प्रहरी भएको खुल्यो

धनगढीः धनगढीमा बिहीबार बिहान मृत अवस्थामा भेटिएका पुरुष प्रहरी भएको खुलेको छ।

धनगढी उप–महानगरपालिकाको मनहेरामा हुलाकी सडकखण्डको निर्माणाधिन कल्भटमा मोटरसाइकल दुर्घटना भएको अवस्थामा मृत फेला परेका व्यक्ति जिल्ला कारागार कैलालीमा कार्यरत प्रहरी जवान जीवन चौधरी रहेको खुलेको हो।

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले मृत भेटिएका चौधरी घर फर्किने क्रममा दुर्घटनामा परेको खुलेको बताए।

उनका अनुसार चौधरी सवार मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा भेटिएपनि घटनाको अन्य कोणबाट समेत अनुसन्धान गरिने बताए। चौधरी गौरीगंगा नगरपालिका–१० का स्थानीय बासिन्दा भएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार