मुद्दा मिलाइदिने भन्दै रकम मागेको अभियोगमा एक जना पक्राउ

पक्राउ
काठमाडौंः मुद्दा मिलाइदिने भन्दै रकम मागेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त थानकोटमा अनुसन्धानको क्रममा रहेको मुद्दा मिलाइदिन्छु भनी पीडित पक्षसँग ९० हजार रुपैयाँ मागेको अभियोगमा मकवानपुर टिष्टुङ पालुङ नगरपालिका-१२ घर भएका ३९ वर्षीय चन्द्र लामा भन्ने बुद्धि बहादुर घलानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई काठमाडौँ महानगरपालिका-१५ स्वयम्भूबाट पक्राउ गरेको हो ।
घलान उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार