बैतडीमा पनि एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन हुने

एक विद्यालय एक नर्स

बैतडीः बैतडीमा पनि एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन हुने भएको छ। जिल्लाका ३ वटा स्थानीय तहका ३ विद्यालयमा कार्यक्रम सञ्चालन हुने भएको हो।

मेलौली नगरपालिका, सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकाका १÷१ वटा विद्यालयमा सो कार्यक्रम सञ्चालनको तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।

प्रदेश सरकारको सहयोगमा चालु आर्थिक वर्षममै कार्यक्रम सञ्चालन हुने भएकाले आवश्यक जनशक्ति व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको उनले बताए।

कार्यक्रम सञ्चालन भएका स्थानीय तहका विद्यालयहरुमा स्टाफ नर्सले स्वास्थ्य शिक्षा सम्बन्धी सचेतनामूलक कक्षा सञ्चालन गर्नुका साथै विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षण समेत गर्ने बताइएको छ। सो कार्यक्रम यसअघि डडेल्धुरामा सञ्चलन भइसकेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार