कञ्चनपुर प्रहरीद्वारा वन मुद्धाका २ जना फरार प्रतिवादी पक्राउ

कञ्चनपुर प्रहरीद्धारा वन मुद्धाका २ जना फरार प्रतिबादी पक्राउ

कञ्चनपुर: कञ्चनपुर प्रहरीले वन मुद्धाका २ जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्लाको कृष्णपुर नगरपालिका–४ बगुनका २३ वर्षीय महेश राना र सोही ठाउँका ३३ वर्षीय बिर्जु चौधरी रहेका छन्।

दुवैलाई जिल्ला अदालतले २०७६ असार २३ गते १/१ महिना कैद र जनही १७ हजार ७ सय ३९ रुपैँया जरिवानाको फैसला सुनाएको थियो।

सोमबार घरमै लुकेर बसेका दुवैलाई पक्राउ गरि आवश्यक कारवाहीका लागि अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार