आरटीआई सञ्जाल कैलालीको संयोजकमा जोशी

सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपाल

पत्रकार पुष्पराज जोशी

कैलाली: कैलालीमा पत्रकार पुष्पराज जोशीको संयोजकत्वमा राष्ट्रिय सञ्जाल नेपाल (आरटीआई) गठन गरिएको छ । सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपाल सुदूरपश्चिम संयोजक प्रेम ढुगानाको संयोजकत्वमा आज भएको जुम मिटिङबाट जोशीको संयोजकत्वमा २८ सदस्यीय आरटीआइ समिति गठन गरिएको हो ।

समितिको सह–संयोजकमा लिलाघर न्यूरे, सदस्य सचिवमा विजय राना चयन भएका छन् । यस्तै सदस्यहरुमा शंकर बोहरा, नवराज पनेरु, पाण्डव पुजारा, शेर बहादुर शाह, झलनाथ खनाल, बिरेन्द्र शाह, जमुना न्यूरे, ईन्दु केशी, तेज बोहरा, दिनेश बिष्ट, भक्तराज देवकोटा, कामदेब ओझा, हेमराज भट्ट , युवराज न्यौपाने, नवराज खनाल, नरेन्द्र चौधरी, रमित पाण्डे, जय बुढा, लोकुसिह ठकुरी, रसुता जैरु, नारायण प्रशाद जोशी, चन्द्रकला बिक, कृष्ण प्रशाद ओझा, भक्तराज देवकोटा रहेका छन् ।

सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपालका संयोजक उमीद बागचन्दले सरकारी कार्यालय सहित स्थानीय तहहरुका सबैखालका सुचना प्राप्त गर्न पत्रकार र आम नागरिकको हकलाई संजालले प्रत्याभूत गर्ने बताए ।

हरेक सरकारी कार्यालय तथा संस्थाहरुमा नागरिकले सहज रुपमा सूचना पाउने अधिकारलाई सहज पार्ने काम सञ्जालले गर्ने उनले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार