संवैधानिक इजलासमा बहसका लागि तोकियो समय

सर्वोच्च अदालत

काठमाडौं: प्रतिनिधिसभा विघटनविरुद्दको रिटमा बहसका लागि इजलासमा समय तोकिएको छ । अहिले बहस गरिरहेका अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीलाई ३० मिनेटको समय दिइएको छ ।

यसअघि, वकालतनामा भरेका कानुन व्यवसायीको संख्या धेरै भएको भन्दै न्यायाधीश अनिल सिन्हाले समय व्यवस्थापन गरेर बहस गर्न सुझाव दिएका थिए । आज भने समय नै तोकिएको छ ।

यसअघि, भीमार्जुन आचार्य, सुनीलकुमार पोख्रेल, डा. रूद्र शर्माले घण्टौँ बहस गरेका थिए । प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै दायर रिटमा निवेदकका पक्षबाट साढे ३०० बढी कानुन व्यवसायीले बहसका लागि नाम टिपाएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार