यूथ कांग्रेसद्वारा केएमसीमा स्वास्थ्य सामग्री वितरण

यूथ कांग्रेसद्वारा केएमसीमा स्वास्थ्य सामग्री वितरण
धनगढीः दशौँ हजार विद्यार्थी अध्ययनरत केएमसीमा यूथ काँग्रेस नेपाल  द्वारा हरिपृयाप्रकाश फाउन्डेसनको सहकार्यमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
सो कार्यक्रममा प्रमुख अतिथि नेपाल विद्यार्थी संघका पूर्व कावा केन्द्रीय अध्यक्ष एवं काँग्रेस युवा नेता क्षितिज भण्डारीले आफ्नो आमाको सम्झना र बुवाको प्रेरणाले स्थापित संस्थाद्वारा दशौँ लाख मास्क सेनेटाईजर वितरण कार्यक्रम भ्याक्सिन नआएसम्म जारी रहने बताउनुभयो । वहाँले आफू पढेको क्याम्पस नेपाल सरकारको मातहतमा आएकोमा खुसी व्यक्त गर्दै अब कोरोनाकालको शुल्क मिनाहा गर्न प्रदेश र केन्द्र सरकारसङ माग गर्नुभयो ।
नवजीवन सहकारीका अध्यक्ष एवं केएमसि स्नातकोत्तर विभागीय प्रमुख डा.गोविन्दराज जोशीले हरिपृया फाउन्डेसनबाट करोडौँ जग्गा, लाखौँ नगद र राहत सामग्री दिएर भूकम्प, आगलागी, बढिपहिरो, टोनार्डो र कोरोनामा गरिएको चन्दा संकलन बिनाको सहयोग अभियान अरू सामाजिक संघसस्थाको लागि अनुकरणीय विषय भएको बताउँदै यूथ काँग्रेसले क्याम्पसमा गैर राजनीतिक तवरले सामाजिक गतिविधि अघि बढाएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
यूथ काँग्रेसका अध्यक्ष नरेश थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन नीराजन जोशीले गरेका थिए भने स्वागत  मनिषा श्रेष्ठले गरेकी थिइन । स्वास्थ्य सामाग्री वितरणको महत्त्व र कार्यसमिति बिस्तार बारे मोहन खड्का र नेत्रप्रसाद उपाध्यायले धारण राख्नुभएको सल्लाहकार भिम भट्टले बताउनुभयो ।
यूथ काँग्रेसले केएमसीको प्राध्यापक, नेबिसंघ र अनेरास्ववियु सँग नेपाल सरकार शत प्रतिशत स्वामित्व आएपछिको सकारात्मक परिणाम बारे छलफल समेत गरिएको अध्यक्ष नरेश थापाले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार