राष्ट्रिय सरोकार मञ्च नेपालको नगर स्तरीय समिति गठन

राष्ट्रिय सरोकार मञ्च नेपालको नगर स्तरीय समिति

धनगढीः राष्ट्रिय सरोकार मञ्च नेपालको नगर स्तरीय समिति गठन भएको छ ! बुधवार धनगढीमा एक कार्यक्रमका बिच धनगढी उपमहानगरपालिका अन्तर्गतको नगर समिति बिस्तार भएको हो ।

कार्यक्रममा राष्ट्रिय सरोकार मञ्च  नेपालका केन्द्रीय अध्यक्ष सोम बिक्रम सिंहले नवनियुक्त पदाधिकारीलाई टीका लगाएर स्वागत गरेका हुन।

विस्तारित नगर समितिको संयोजकमा अनिल सिंह चयन भएका छन् भने सहसंयोजकमा सबिन शाही चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा सागर जोशी, सचिवमा जेम्स पाल र सहसचिवमा विशेष स्वार चयन भएका छन् ।

त्यस्तै नगर समितिको सदस्यमा अनिल बिक्रम, अधिराज शाह, बिराट रावल, हरिश बागसिंह, बिराट बिक्रम बोगटी, प्रकाश कठायत, सागर बोहोरा र रोहित बलाएर चयन भएका हुन ।

नवनियुक्त समितिलाई स्वागत गर्दै मञ्चका केन्द्रीय अध्यक्ष सोम बिक्रम शाहले सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार