मोटरसाइकल दुर्घटनामा परी बझाङमा वार्ड सचिव  घाइते

मोटरसाइकल दुर्घटनामा परी बझाङमा वर्डा सचिव घाइते
बझाङ: बझाङ जिल्लाको बुङ्गल नगरपालिकाको वार्ड न. ०३ को डौनेकमा से १ ब ११२५ नम्बरको मोटरसाइकल दुर्घटना परि एक जना घाइते भएका छन्। घाइते हुनेमा बुङ्गल नगरपालिका वार्ड न. ०१ का वार्ड सचिव शिव राज जोशी रहेका छन्।
नगरपालिकाको कामको लागि बिहान जिल्ला सदरमुकाम चैनपुर गएर फर्किने क्रममा बिजगडा नजिकै डौनेक भन्ने ठाउँमा उक्त घटना घटेको हो।
घाइते जोशीलाई स्थानीय र प्रहरीको सहयोगमा  प्राथमिक उपचारपछि उपचारको लागि बित्थडचिरमा रहेको  देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको बुङ्गल नगरपालिका एमआइएसका कर्मचारी अक्कल बिष्ट्ले बताउनु भयो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार