सुदूरका सबै जिल्लामा कोरोना विरुद्धको खोप पठाइयो

कोरोना विरुद्धको खोप
धनगढीः कोरोना भाइरस विरुद्धको खोप कोभिशिल्ड आज सुदूरपश्चिम प्रदेशको नौ वटै जिल्लातर्फ पठाइएको छ ।
भोलिदेखि खोप लगाउने कार्य सुरु हुने भएपछि धनगढीबाट आज सबै जिल्लातर्फ खोप पठाइएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था कार्यालयले जानकारी दिएको छ ।
सो कार्यालयका अनुसार प्रदेशमा आएको तीन हजार ६०० भाइल खोपमध्ये एक हजार ८०९ भाइल अर्थात् १८ हजार ९० डोज खोप नौ वटै जिल्लामा वितरण गरिएको छ ।
आधा खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था कार्यालयमै भण्डारण गरिएको छ । एक महिनापछि दोस्रो डोज लगाउनका लागि सो खोप वितरण गरिने सो कार्यालयका प्रमुख लक्ष्मी श्रेष्ठले जानकारी दिए ।
नेपाललाई भारतले खोप पठाएको हो । कोभिशिल्ड खोपको प्रभावकारिता ६२ देस ९० प्रतिशतसम्म रहेको बताइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार