बझाङमा कोरोना खोप अभियान सुरु !

बझाङमा कोरोना खोप अभियान सुरु !
फाइल तस्विर

 दिनेश धामी, बझाङ: बझाङ जिल्लामा पनि कोरोना भाइरसको खोप अभियान सुरु भएको छ।

बुधवार जिल्ला अस्पताल सिमखेतमा जिल्ला स्वास्थ्य प्रमुख भानुभक्त जोशीले पहिलो खोप लगाइ उक्त अभियानको सुरु गरेका हुन् । उहासङ्गै जनस्वास्थ्य प्रमुख दिपक ऐडि र हेल्थ असिस्टेन्ट रवीन्द्र जोशीले पनि खोप लगाएका थिए।

भारत सरकारले अनुदानमा दिएको कोरोनाको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी र सरसफाइकर्मिलाई दिएको छ। जिल्ला अस्पताल तथा जिल्ला स्वास्थ्यमा कोरोना सङ्क्रमितको उपचारमा खटिएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा सरसफाइकर्मी गरी ५९ जनाले बुधवार खोप लगाएका छन् । ।

बझाङ जिल्लाका लागि १५६० डोज प्राप्त भएपछि माघ १४ गते देखि १८ गते सम्म खोप लगाइने पहिलो चरणको खोपमा अग्रपंक्तिमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई लगाइने भइएको छ। जिल्लभर एउटा मात्र केन्द्रबाट उक्त खोप लगाइने भएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार