हिजो र आज गरी बाजुरामा २ सय बढीले लगाए कोरोना विरुद्धको खोप

कोरोना विरुद्धको खोप

बाजुराः बाजुरामा हिजो र आज गरी २ सय ६४ जनाले कोरोना भ्याक्सिन (खोप) लगाएका छन् ।

१४ गते देखी देशै भर सुरु गरिएको कोरोना विरुद्धको खोप बाजुरामा १५ गते देखी सुरु गरिएको थियो । बाजुरामा १५ र १६ गते गरी २ सय ६४ जनाले कोराना खोप लगाएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रूपचन्द्र विश्वकर्माले बताएका छन् ।

जिल्ला भरी जिल्ला अस्पताल बाजुरामा रहेको खोप केन्द्रमा पहिलो दिन र दोस्रो दिन गरी २ सय ६४ जनालाई कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । बाजुरा जिल्लामा पहिलो चरणमा ९ सय ३५ जनालाई कोरोना विरुद्धको खोप लगाइने खोपको सुरु गरिएको छ ।

हिजो र आज खोप लगाउनेमा फन्ट लाइनमा रहेका स्वास्थ्यकर्मीहरूलाइ सो खोप लगाइएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार