भरतपुरको सडकका चोक-चोकमा किन निस्किए सुरक्षाकर्मी ?

सडकहरूमा सुरक्षाकर्मी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज शनिवार चितवन जाने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि भरतपुरका मुख्य सडकहरूमा सुरक्षाकर्मी परिचालन गरिएको छ । भरतपुरको चौबिसकोठी, हाकिम चौक, केन्द्रिय बस टर्मिनल, बाइपास रोड, लगायतक स्थानमा जनपथ र शसस्त्र प्रहरी ठुलो संख्या खटाइएको छ ।

ओलीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक योजना पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, शहरी विकास मन्त्री प्रभु शाह, राज्यमन्त्री रामवीर मानन्धर चितवन आउने भएका हुन् ।

प्रधानमन्त्री ओली आज दिउसो भरतपुरमा निर्माणाधिन गोन्द्राङ–पुल्चोक ६ लेन सडक र अन्तर्राष्ट्रिय स्तरको सिटीहल शिलान्यास गर्न आउने भएपछि स्थनिय प्रशासनले ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको हो ।

सुरक्षाकर्मीले शिलान्यास स्थल र सभा स्थल वरपरका पसल व्यवसायहरु बन्द गर्न दबाब दिएका छन् । ति स्थल वरपर छत माथि र वरण्डामा पनि ननिस्कन प्रहरीले दबाब दिएको स्थानियको भनाई छ । काम विशेषले हिडेका मानिसहरुलाई समेत चोकचोकमा प्रहरीले खानतलासी लिन थालेका छन् । सुरक्षा जाँचको नाममा सर्वसाधारणलाई प्रहरीले आतंकित बनाउन थालेको गैंडाकोटबाट भरतपुर आएकी विन्दु वाग्लेले गुनासो गरिन् ।

‘लोकतन्त्र, गणतन्त्र आएपनि हामी जनताले पाउने सास्ती नै हो, यस्ता नेता कार्यकर्ताहरुलाई सबै मिलेर बहिष्कार गर्नुपर्छ’ हाकिम चौक निवासी रमेश गुरागाई भन्छन्–‘काम चलाउ भईसकेको प्रधानमन्त्रीको सुरक्षाको नाममा हामी जनताले यस्तो सास्ती भोग्ने ।’

सुरक्षा चुनौतीलाई मध्यनजगर गर्दै भरतपुर आसपासका केही सरकारी कार्यालयमा नेपाली सेना समेत परिचालन गरिएको छ । -लोकपथ डटकमबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार