नक्कली नेपाली नोट बनाउने मेसिनसहित कञ्चनपुरबाट २ जना पक्राउ

नक्कली नेपाली नोट बनाउने मेसिनसहित २ जना पक्राउ

कञ्चनपुर: सशस्त्र प्रहरीले बेलौरी नगरपालिका-८, पचुँइबाट नक्कली (जाली) नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।

लालझाडी गाउँपालिका-१ बस्ने २३ वर्षीय संजय राना र सोही ठाउँ बस्ने वर्ष २२ को इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्रहरीले समातेको हो।

बोर्डर आउट पोष्ट पचुँइबाट सीमा गस्तीमा निस्केको सशस्त्र प्रहरी नायव निरीक्षक केशव बहादुर चन्दको कमाण्डमा रहेको टोलीले उनीहरूलाई पक्राउ गरेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।

दुवैको साथबाट नक्कली नोट बनाउने कागज २ सय थान, हजार दरको नक्कली नोट ५ थान, मोबाइल फोन २ थान, नगद एक सय ६०, मोटरसाइकलको लाइसेन्स र ब्लु बुक बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए।

उनका अनुसार पक्राउ परेका दुवै जनालाई बरामद नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने सामान सहित आवश्यक कारवाहीका लागि प्रहरीलाई बुझाइएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार