कैलालीमा निर्वाचनको तयारी तीव्र, ५ मतदान स्थल थप !

जिल्ला निर्वाचन कार्यालय कैलाली
धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको कैलालीमा ५ मतदान स्थल थप गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकारी प्रेमराज भट्टले का अनुसार कैलाली जिल्लामा  निर्वाचनको तयारी तीव्र पारिएको छ । मतदाता नामावली अध्याधिक गर्ने कार्य अन्तिम चरणमा रहेको र मतदान स्थल टुंगो लागेको बताउँदै निर्वाचन अधिकारी भट्टले हाल प्रारम्भिक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।
निर्वाचन अधिकारी भट्टका अनुसार धनगढी उप-महानगरपालिका १४ फूलबारी, गोदावरी नगरपालिका ४ हाट खोली र वडा नं. ९ बल्मी, मोहन्याल गाउँपालिका ३ साब र चुरे गाउँपालिका ४ बालुवा गडा गरी ५ निर्वाचन स्थल थप गरिएको हो। अब कैलालीमा २३६ मतदान स्थल पुगेको हो। मतदाता नामावली प्रकाशनपछि मतदान केन्द्रको टुंगो लाग्ने बताइएको छ। तथापि अघिल्लो निर्वाचनमा ५ सय ३८ मतदान केन्द्र रहेका थिए।
हालसम्म मतदाता नामावलीबारे उजुरी नपरेकोले मृत्यु भएकाहरुको नाम हटाउने र त्रुटि सच्याएर आयोगलाई नामावली प्रकाशनको लागि पठाउने बताइएको छ। फागुन २ गतेभित्र मतदाता अद्यावधिक सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरेर निर्वाचन आयोगलाई अन्तिम नामावली प्रकाशनको लागि पठाइने बताइएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार