स्वेता भन्छिन्, : ‘दिन नसक्ने सहयोग घोषणा नगरौं, माझी बस्ति पनि ऋण मै छ’

नायिका स्वेता खड्का

काठमाडौं: नायिका स्वेता खड्काले निर्माणाधीन माझी बस्तीको अवस्था पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको जस्तै भएको बताएकी छिन् । धुर्मुस सुन्तली फाउन्डेसन र माझी बस्तीको पीडा उस्तै भएको उनको भनाइ छ ।

धुर्मुस सुन्तली फाउन्डेसनले जस्तै माझी बस्ती निर्माणका क्रममा आफूले पनि ऋण बोकेर बसेको स्वेता बताउँछिन् । “निर्माणाधीन माझी बस्तीले पनि ऋण बोकेर नै बसेको छ । स्थानीय सरकार, सरोकारवाला निकाय तथा विभिन्न दाताहरुलाई माझी बस्तिसँग जोडिदिने हाम्रो प्रयासमा धेरै मनकारी सहयोगीहरु भेटिनु भयो अनि आफ्नो क्षमता, दक्षता र गक्षले भ्याएसम्मको सहयोग गर्नु भयो,” स्वेता सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, “तर केही यस्ता दाताहरु पनि भेटिए जसले सहयोग रकम बोल्नु भयो  । तर, सहयोग उपलब्ध गराउनु भएन ।”

सहयोगका लागि कबुल गरेको रकम उपलब्ध गराउनु पर्नेमा उनको जोड छ । सहयोगको प्रतिबद्धता जनाउने तर रकम उपलब्ध नगराउनेको सूचि लामो रहेको उनी बताउँछिन् ।

“हामीले कुनै जोर जबर्जस्ती नगरिकनै आफ्नै मनले, स्वःतस्फुर्त रुपमा कबुल गर्नुभएको सहयोग प्रदान गर्नलाई आनाकानी गर्नेहरुको लिष्ट लामै छ । खैर, दान धर्म र कर्म भनेको मनदेखी स्वस्फुर्त हुने कुरा हो ।  हामिले त सहयोगको अपिलसम्म गर्ने हो । बलजफती गर्ने होइन । तथापि आफ्नो प्रतिवद्दता भुलेर गरिबहरुको आशा र भरोसामाथि खेलवाड गर्नु पक्कै राम्रो होइन ।”

पूरा गर्न नसक्ने बाचा, पूर्ति गर्न नसक्ने आस्वासन र दिन नसक्ने सहयोगको अर्थ नरहने भन्दै स्वेता आफूलाई समाज सेवीको रुपमा चिनाउन अरुको भरोसामाथि खेलवाड नगर्न उनको अनुरोध छ । -यो समाचार बाह्रखरी डटकममा प्रकाशित छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार