सुदूरका ९ हजार बढी स्वास्थ्यकर्मीले लगाए कोरोना विरुद्धको खोप

कोरोना विरुद्धको खोप

धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस विरुद्धको खोप अभियानको सातौँ दिन मंगलबार साढे ८ सय बढि स्वास्थ्यकर्मीले खोप लगाएका छन्।

प्रदेशका १० वटा खोप केन्द्र मार्फत मंगलबार ८ सय ६५ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए। कार्कीका अनुसार सेती प्रादेशिक अस्पताल खोप केन्द्र मार्फत ३ सय र टीकापुर अस्पतालबाट एक सय जनाले खोप लगाएका छन्।

यस्तै, बैतडीमा ७० जना बझाङमा १ सय २, डडेल्धुरामा ३०, दार्चुलामा ६० जना, डोटीमा ६३ जना र कञ्चनपुरका १ सय ४० जना स्वास्थ्यकर्मीलाई खोप लगाएको कार्कीले बताए।

यो सँगै सुदूरपश्चिममा कोरोना भाइरस विरुद्ध पहिलो चरणको खोप लगाउने स्वास्थ्यकर्मीको संख्या ९ हजार ७२ पुगेको मन्त्रालयले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार